हामी नेपाल स्थित एक रियल इस्टेट कम्पनी हौं, तपाईंलाई तपाईंको रोजाई अनुसारको घरजग्गा किनबेच गर्नको लागि पूर्ण रूपले सहयोग गर्न तथा कोठा फ्ल्याट खोज्न वा भाडामा लगाउनको लागि हामी सम्पूर्ण रुपले समर्पित छौं । तपाईं नयाँ घर, जग्गा, व्यावसायिक पसल, वा कृषि वा उद्योग ब्यबसायको लागि भूमि खोज्दै हुनुहुन्छ भने, हामीसँग तपाईंको सबै आवश्यकताहरू पूरा गर्न विभिन्न प्रकारका प्रपर्टीहरु हामीसंग उपलब्ध छन्।
कोठा तथा फ्ल्याट, पूरा घरहरू, अपार्टमेन्टहरू, सबै व्यावसायिक र कृषिसंग सम्बन्धित जमिनहरू भाडामा लिने र दिने कुरामा हाम्रो बिशेष अनुभव र बिशेषज्ञता रहेको छ। यदि तपाईंलाई प्रपर्टीहरु भाडामा दिनुपर्ने वा सिधै बेच्नुपर्ने छ भने हामीलाई सिधै कल गर्नुहोस् वा इमेल पठाउनुहोस्। इमेलमा आफ्नो फोन नम्बर राख्न नभुल्नुहोला।
तपाई यदि कोठा वा फ्ल्याट खोज्दै हुनुहुन्छ भने हामीलाई तुरुन्त फोन वा इमेल सम्पर्क गर्नुहोस। हामी तपाईंको इच्छा वा बजेट अनुरूपको कोठा र फ्ल्याटहरूको लागि विभिन्न विकल्प र छनौटहरु उपलब्ध गर्नेछौं। छिट्टै हामी नेपालका अन्य शहरहरूमा पनि विस्तार हुदैछौं।
तपाइले सोचे र चाहे अनुसारको घर फेला पार्न हामीलाई फोन सम्पर्क गर्नुहोस। हामी तपाईंको बजेट अनुरूप नेपालका विभिन्न स्थानहरूमा घरहरूको विस्तृत छनौट र विकल्पहरु प्रदान गर्दछौं।
के घडेरी तथा अन्य प्रयोजनको लागि जग्गा खोज्दै हुनुहुन्छ? हामी शहरी क्षेत्रदेखि शान्त बाहिरी क्षेत्रहरूसम्म आवासीय र व्यावसायिक प्लटहरू प्रदान गर्दछौं।
पसल खरीद बिक्री गर्नु परेपनि हामीलाई सम्पर्क गर्नुहोस, हामीसंग तपाईको रोजाईको लागि धेरै विकल्पहरु रहेका छन्।
काम बिशेषले तपाई शहरमा वा बिदेशमा हुनुहुन्छ र तपाईको उर्बर घरबारी बाझो रहेको छ भने हामी त्यसलाई उपयुक्त तरीकाले भाडामा लगाईदिन सक्छौं। नेपालमा धेरै जग्गाहरु बाँझो रहँदै जाने समस्या देखिन थालेको छ। अर्कातिर स्वदेशमा ठुलो स्केलमा कृषि वा अरु उत्पादनमुलक काम गर्नु इच्छा राख्नेहरुको जमात पनि बढ्दै गएको छ।
हामी तपाईको प्रश्नहरूको जवाफ दिन तत्पर छौं